मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गोरेको बयान : लास व्यवस्थापन गर्न सञ्जेलले २ करोड मागे, बाजेको सेकुवाका मालिक संलग्न छैनन्

आइतबार, १३ जेठ २०७५, १८ : ४२
आइतबार, १३ जेठ २०७५

काठमाडौँ । चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयानमा नेपाल प्रहरीका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले आफूलाई शनम शाक्यको लास व्यवस्थापनका लागि २ करोड माग गरेको स्वीकार गरेका छन् ।

बयानमा गोरेले शनम शाक्यको मृत्युपछि आफूहरु अत्तालिएको र सञ्जेललाई फोन गरेको र उनले लास व्यवस्थापनका लागि २ करोड माग गरेको बताएका हुन् ।

गोरेका अनुसार एक जना साथीले काम लाग्ने प्रहरी भनेर सञ्जेललाई २ वर्षअघि चिनेका हुन् ।

‘म भारतमा सुनको कारोबार गर्छु भनेको थिएँ,’ उनले भनेका छन्, ‘पछि राम्रो हुँदैन भनेर सम्झाएको थिएँ ।’

गोरेका अनुसार सञ्जेलले घर बनाउन भन्दै उनीसँग ३५ लाख रुपैयाँ लिएका थिए जसमध्ये २५ लाख उनले फिर्ता दिइसकेका छन् ।

‘सनमको मृत्युपछि फोन गर्दा सहयोग गर्छु भन्दै डिएसपी प्रजित केसीसँग काठमाडौँबाट हिँडेको बताएका थिए,’ उनले बयानमा भनेका छन्, ‘पछि लास व्यवस्थापन गर्न पैसा मागे ।’

उनका अनुसार दुवैले शनमलाई मार्ने व्यक्ति भनेर टेकराज मल्लले जिम्मा लिने, लास जंगलमा राख्ने, परिवारलाई क्षतिपूर्ती दिने र सघाए बापत २ करोड लिने विषयमा लेनदेन भएको थियो ।

तर, उनीहरुसँग भेट नहुँदै आफू भारत हिनेको उनको भनाई छ ।

भुजुङ गुरुङलाई राम्रोसँग चिनेको छैन
 

उनले राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई राम्रोसँग नचिनेको बताएका छन् । 

‘डेढ वर्षअघि एउटा होटलमा खाजा खाँदा भेट भएको हो । उनीसँग सम्पर्क छैन,’ उनले भने, ‘भुजुङ गुरुङले सुनको कारोबार गर्छ वा गर्दैन थाहा भएन ।’

चेतन भण्डारी संलग्न छैनन्
गोरेले आफूले मामा भनेर सम्बोधन गर्ने बाजेका सेकुवाका सञ्चालक चेतन भण्डारीलाई आफू सुन कारोबारी भन्ने थाहा नभएको पनि बताएका छन् । 

उनले त्यहाँ सुनको कुनै कारोबार नहुने पनि बताएका छन् । 

‘भिडभाडमा सुनको कारोबार हुने कुरै भएन,’ उनले भनेका छन्, ‘अन्यले किन त्यस्तो लेखाए थाहा भएन ।’

दिल्लीमा बस्ने भारतीयको लगानी
उनले हराएको सुनमा दिल्लीमा बस्ने भारतीयले लागनी गर्ने पनि बताएका छन् ।

एमके भन्ने मोहन कुमार अग्रवाल रहेको उनी हाल बिरामी रहेको खबर पाएको तर उनीसँग सम्पर्क नभएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप