शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

आइतबार, १३ जेठ २०७५, १८ : १७
आइतबार, १३ जेठ २०७५

बर्दिबास– महोत्तरीमा आइतबार ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार सीतामढी नुनही थाना घर भएकी ६० वर्षीया कुमारीदेवी मलाह रहेकी छिन् ।

महोत्तरीको लोहारपट्टीबाट राम गोपालपुरतर्फ जाँदै गरेको ना ३ त ५५८८ नम्बरको ट्याक्टरले मलाहलाई रामगोपालपुर नगरपालिका ५ बिसनपुरमा ठक्कर दिएको थियो ।

ठक्करपछि घटनास्थलमै उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप