साढे १ खर्बको वैदेशिक सहायता प्रतिबद्धता, आधा भन्दा कम प्रयोग !
काठमाडौं–नेपालले चालु आर्थिक बर्षमा (२०७४/७५) साढे १ खर्ब भन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेपनि त्यसको उपयोग भने निकै न्युन देखिएको छ ।
चालु आवको ८ महिनामा १ खर्ब ५० अर्बको प्रतिबद्धता आएपनि ५५ अर्ब रुपैयाँ मात्र उपयोग भएको अर्थमन्त्रालयले जनाएको छ । ६२ अर्ब ५ करोड वैदेशिक सहायता अनुदान र ८८ अर्ब ३३ करोड ऋणको प्रतिबद्धता आएको हो ।
गत वर्ष २०७३/७४मा २ खर्ब ५० अर्ब वैदेशिक सहायता प्राप्त भएको थियो । पछिल्लो १० वर्षमा गत आव बाहेक प्रतयेक वर्ष कुल वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋणको तुलनामा अनुदानको अनुपात उच्च रहँदै आएको छ ।
पछिल्लो पाँच वर्षमा वैदेशिक सहायता परिचालनमा गैर बजेट स.यन्त्रबाट परिचालन हुने विकास सहायताको हिस्सा वार्षिक औसत ३३ प्रतिशत रहेको छ । चालु आवको आठ महिनामा आन्तरिक ऋण १ खर्ब १९ अर्ब ८० करोड रुपैयाँ बराबर परिचालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ