शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको केन्द्रीय कमिटीमा २०-२५ जना छुटे : प्रचण्ड

आइतबार, १३ जेठ २०७५, १६ : ५३
आइतबार, १३ जेठ २०७५

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफूलाई समर्थन गर्नेभन्दा आलोचना गर्ने बढी भएको बताएका छन् । 

कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफ्नो आलोचना गर्नेको संख्या बढी भएपनि कुनै आपत्ति नभएको बताए । ‘मलाई आलोचना गर्ने बढी सिसिएम परेका छन्,मलाई समर्थन गर्नु परे छैनन’, अध्यक्ष प्रचण्डको भनाई छ । 

पार्टी एकतामा बढेको असन्तुष्टिप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘धेरै साथिहरू सिसिएम भएका छैनन्, नेतृत्वले सहि काम गदा गर्दैपनि सकिएन । सहि समयमा सहि निर्णयले मात्रै एकता सम्भव भएको हो, को सिसिएम भयो भन्ने कुरा सानो हो । एकता ठूलो हो । सिसिएम भइएन भन्ने दुख मनाउ गर्नु हुँदैन ।’

उनले २०-२५ ल्याउने प्रयास गर्दा छुटेको स्वीकार गरे । 

पार्टी एकताका बेला हरेक प्रवृति समावेश गर्नुपर्ने भएकाले चाहेर पनि छुटाउनै नमिल्ने २०-२५ जना छुटेको प्रचण्डको भनाई थियो ।

उनले तत्कालीन एमालेमा पनि ओलीले यस्तै समस्यो भोगेको हुन सक्ने बताए । 

उनले नेकपाको केन्द्रीय कमिटी बनाउदा केपी ओलीलाई ४१ जनाको चिन्ता भएपनि आफूलाई ४ हजारको चिन्ता भएको भन्दै चार हजारबाट २ सयको नाम छनोट गर्न धेरै दुख पाएको बताए । 

उनले पार्टी एकताले आत्मविश्वास बढाएको भन्दै यूवाहरु बढि आकर्षित भएपनि बताए । 

उनले  युरोप र चीनमा राजा महारजाका बिरुद्ध प्रजातन्त्रबादीहरुले संघर्ष गरेको भन्दै नेपालमा भने लोकतन्त्रका लागि कम्युनिष्टहरूले बढी योगदान दिएको चर्चा गरे । 

लोकतन्त्रप्रति कम्युनिष्टहरुले विश्वास गरेकै कारण काँग्रेसको नेतृत्वमा चुनाव हुँदापनि जनताले भोट वामपन्थीलाइ दिएर विश्वास देखाएको भन्दै अध्यक्ष प्रचण्डले भारतका कम्युनिस्टहरुले स्वतन्त्रतामा भाग नलिदा अहिलेसम्म अविश्वास बढेको स्मरण गरे । 

प्रेस सस्वतन्त्रता,धर्म निरपेक्षता,समावेशी,समानुपातिकजस्ता विषय कम्युनिष्टहरुले नै उठाएको र लोकतन्त्र आएको भन्दै त्यसका लागि रगत पशिनासँग साटेकाले यसको रक्षा पनि आफुहरुले नै गर्ने प्रचण्डको दावी छ । 

अध्यक्ष प्रचण्डले केहीदिनभित्रै अन्य पार्टीसँग पनि एकता हुन लागेको जानकारी दिए । ‘हामी अझै अन्य पाटीसँग एकता गर्दैछौँ ,एक दुई दिनमा परिणाम आउँछ’ उनले भने । 

कार्यक्रममा नेकपाका नेता योगेश भट्टराइले ईतिहास जनताले बनाउने भन्दै मुलुकमा सुशासन र समृद्धिका लागि पार्टी एकता भएको दावी गरे । 

नेता भट्टराईले कपि काट्दा होस पुर्याएर काट्नु अध्यक्ष प्रचण्डलाई सुझाव दिए । 

सही मुल्याङ्कन नभए पछाडि परिने भन्दै नेतृत्वले ठीम मुल्याङ्कन गर्नुपर्ने भट्टराईको भनाई थियो ।

उनले नेतृत्वका लागि दोस्रो तहका नेताहरुको ठूलोपंक्ति तयार भएको पनि बताए । 

‘कपि काट्दा एक दुई मार्क तल-माथि हुँदा विद्यार्थीको जीवन वर्वाद हुन्छ त्यसैले सही ढंगले सबैलाई सम्मान गर्नुहोला । आफ्ना कमि कमजोरी होला तर त्यसको मूल्यांकन सही हुनुपर्छ । दुई मार्क कम हुँदा आइजिपी बन्न पाउदैन त्यसैले मूल्यांकन गर्दा सबै कुराको ख्याल गर्नु होला’ उनले भने । 

नेता भट्टराईले जेट विमानमा आफुहरुलाई को पाइलट बनाउन पनि आग्रह गरे । उनले नेतृत्वको सवालमा यो विषय उठाएका हुन् । भने, ‘जेट विमानमा अनुभवी दुई वटा क्याप्टेनको साथमा हामी दायाँबायाँ कोपाइलटका रुपमा बसेर तपाईंहरुले सफल अवतरण गरेको अनुभव लिन चाहन्छौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप