सडक मापदण्डविपरीत बनाइएका संरचना भत्काउन शुरु
लहान– सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ । सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोकदेखि सारस्वर जोड्ने सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ अव्यवस्थित रुपमा निर्माण गरिएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको हो ।
सार्वजनिक सूचना जारी सडक अतिक्रमण गरी बनाइएका घरटहरा र पर्खाल हटाउन आग्रह गरिए पनि घरधनीले बेवास्ता गरेकाले डोजर लगाएर ती संरचना भत्काउन शुरु गरिएको सिरहा नगरपालिका वडा नं ७ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।
पहिलो चरणमा हेमनारायण चोकदेखि सारस्वर जाने सडकसम्मका सडकलाई १६ फिट चौडाइ गरी दुवैतर्फ साढे तीन फिटको नाला निर्माण गर्ने योजना रहेको वडाध्यक्ष साहले बताए । सडक विस्तार थालनी गरेसँगै मापदण्डविपरीत निर्माण गरिएका संरचना धमाधम भत्काउने क्रम शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान