शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तिर्खाएको उपत्यकाभित्र यसरी समेत हुन्छ खानेपानीको चोरी

आइतबार, १३ जेठ २०७५, १५ : ०५
आइतबार, १३ जेठ २०७५

काठमाडौं– काठमाडौं उपत्यका खानेपानीका लागि छट्पटिएको निकै वर्ष भैसक्यो । उपत्यकामा यो समस्या सदाबहार रुपमा रहेको छ ।  भएका पानीका मुहानहरु समेत व्यवस्थित ढंगले उपयोग र व्यवस्थापन गर्न नसक्दा यो खानेपानीको हाहाकार अहिले पनि जारी छ । यही प्रसंगमा हामीले उपत्यकामा भित्रिने खानेपानी कसरी चोरी हुन्छ भन्ने तस्विर प्रस्तुत गरेका छौ ।

वाग्मतीको मुहान सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरी चोरिएको तस्विर हो यो । यस्ता थुप्रै कारणले उपत्यकाका वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका दृष्य सर्वसधारणले हेरेर बसिरहनुपरेको छ । सरकारले समेत यसलाई टुलुटुलु हेरेर बसिरहेको छ ।  तस्विरः रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप