शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्पो खुकुरी मार्सल आर्टस्को समिति गठन

आइतबार, १३ जेठ २०७५, १४ : ३१
आइतबार, १३ जेठ २०७५

बनेपा– नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ ।  सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप ढकाल र राजेश थिङ चयन भएका छन् । 

सभा शुभारम्भ गर्दै पूर्वमन्त्री एवं प्रदेश नं ३ का सांसद राजेन्द्र पाण्डेले खेल स्वस्थ जीवन र राष्ट्रको पहिचान भएकाले यसको जगेर्ना र प्रवद्र्धनको आवश्यकता रहेको बताए । 
अर्का प्रदेश सांसद वसुन्धरा हुमागार्इंले प्रदेश सरकार खेलप्रति सकारात्मक रहेकाले मार्सल आर्टस्को प्रवद्र्धनमा सहयोग गर्ने बताए । 

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले केन्द्रीय संघ गाउँ, नगर, जिल्ला हुँदै प्रदेशस्तरमा संघ गठन भइरहेको र केही समयभित्र नेपालमा २५ देशका खुकुरी मार्सल आर्टस्का प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । 

बेथानचोक कप भलिबल 
स्थानीय बेथानचोक खेलकूद विकास समितिले आयोजना गरेको ‘प्रथम बेथानचोक कप पुरुष भलिबल प्रतियोगिता–२०७५’ शनिबारदेखि शुरु भएको छ । 

समितिले आयोजना गरेको प्रतियोगितामा काभ्रेपलाञ्चोकबाट ११ समूह र ललितपुर जिल्लाबाट दुई समूह गरी १३ वटा समूहको सहभागिता रहेको छ । 

प्रतियोगिता शुभारम्भ गर्दै नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल खेल विकसका लागि आफ्नोतर्फबाट जनुसुकै समयमा पनि सहयोग गर्न तयार रहेको बताए । 
प्रतियोगिता यही जेठ १५ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु सात हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप