शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम बहुमतले पारित

आइतबार, १३ जेठ २०७५, १४ : २१
आइतबार, १३ जेठ २०७५

काठमाडौं– सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७५/७६ को नीत तथा कार्यक्रम बहुमतले पारित भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममा सांसदहरुले चार दिनसम्म छलफल गरेका थिए ।

नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाबाहेकका संशोधनकर्ताले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

सरकारको नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । 

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप