मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरीका डिएसपीलाई कारबाही गर्न माग

आइतबार, १३ जेठ २०७५, १४ : १२
आइतबार, १३ जेठ २०७५

मनोज भुजेल
इटहरी – एक नम्बर प्रदेससभाका प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठलाई  कारवाही गर्न माग गरेका छन् ।

काँग्रेस सुनसरीले इटहरीमा महासमिति सदस्य सिजन गुरुङको रिहाईको माग राख्दै आयोजना गरेको बिरोध सभालाई सम्वोधन गर्दै प्रमुख सचेतक कार्कीले मोरङमा रहँदा श्रेष्ठले घुस लिएको प्रमाण आफूसँग भएको दाबी गर्दै कारवाही गर्न माग गरेका हुन् । 

उनले मोरङमा रहँदा केटा र केटीको विषयमा पाँच हजार घुस लिएको र इटहरीमा पनि सिजन गुरुङलाई एमालेको इशारामा फसाउन खोजेको आरोप कार्कीले लगाए ।

बिरोधसभामा बोल्दै काग्रेस सुनसरीका सभापति तथा प्रदेशनम्वर १ का विपक्षी दलका नेता राजीव कोइरालाले ज्यान मार्ने उद्योग गरेको आरोपमा किटानी जाहेरी परेकाहरु खुल्लमखुल्ला हिँडिरहेको तर, एक जनालाई पक्राउ गरेर प्रहरीले काग्रेस तर्साउन खोजेको आरोप लगाए ।

बिना कारण पक्राउ गरिएका गुरुङलाई सम्मानपुर्वक रिहाई नगरिए सुनसरी काग्रेसले थप कडा आन्दोलन थाल्ने कोइरालाले चेतावनी समेत दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप