बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ को सरकारकाे सय दिन :  के भन्छन् सरोकारवाला ?

आइतबार, १३ जेठ २०७५, १३ : ५९
आइतबार, १३ जेठ २०७५

तेजेन्द्र केसी
बुटबल–प्रदेश नम्बर ५ को सरकारको १ सय दिने कामबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

रिपोटर्स क्लव नेपाल प्रदेश नम्बर ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कामको प्रत्यक्ष अनुभूति गर्न नपाएको बताए ।  

नेपाली कांग्रेस प्रदेश नम्बर ५ का संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले प्रदेश सरकारले पाइला नै नचालेको आरोप लगाए । 

प्रदेश सरकारले भएको पैसा खर्च गर्न नसकिरहेको अवस्थामा अन्य आशा गर्न नसकिने उनको भनाई थियो । उनले प्रतिपक्षीलाई बाइपास गरेर सरकार मनपरि ढंगले चलिरहेको समेत आरोप लगाए । 

राम्रो काम गरे सरकारलाई साथ दिन आफूहरु तयार रहेको बताउँदै उनले तर, सरकार एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । 

प्रतिपक्षले काम नगरेको भन्ने गुनासोमा उनले भने, ‘खबरदारी हुन्छ,हामीले गरिरहेका छौँ, लौरो लिएर पिट्न जान त कुरा भएन नि ।’

कार्यक्रमम बोल्दै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले १ सय दिनमा नै विपक्षीले एकोहोरो विरोध गर्नुको औचित्य नहुने बताए । 

प्रदेश संसदमा  ८ विधेयक पेश भएकामध्ये ४ वटा पास र  ४ वटा पाइपलाइनमा रहेको बताउँदै उनले आफूहरुले प्रदेशको विकासको अबधारणा तयार गरिरहेको  बताए । 

श्रोत, साधन र पूर्वाधारका कारणले केहि कमी भएको स्वीकार्दै उनले अब कार्यलाई तीब्रता दिने बताए । उनले जेठ २० नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने पनि बताए ।

कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरमका सांसाद सहश्रराम यादवले सरकार निर्माणको १ सय दिन पुग्दा सम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु कमजोरी भएको बताए ।

प्रदेशको नाम र राजधानी तोक्न  समेत लाचारीपना देखाएको भन्दै उनले न्यूनतम समयका सजिला काम गर्न सरकारले सक्ने भएपनि नगरेको बताए । 

पूर्व सांसद बिनोद पहाडीले प्रदेश सरकारले पाइलै नचालेको बताउँदै सबैभन्दा बदी अबसर रहेको प्रदेशमा पनि सरकारले उल्लेख्य काम गर्न नसकेको बताए । 

यस्तै राजनीतिक विश्लेषक दिल शाहानीले युवा शक्तिलाई बाहिरिन नपर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । 

प्राध्यापक सुर्दशन नेपालले सरकारका नीति  राम्रा भएको भएपनि  कार्यान्वयन नभएको बताए । 

सो क्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईं, नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देही निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ, उद्योग वाणिज्य संघ बुटवलका बाणिज्य उपाध्यक्ष हरि अर्याल, लगायतले पनि आफ्नो धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप