देउवाको जवाफ : ‘कसैले गेट आउट भन्दैमा नेतृत्व छोड्दिन’ (भिडियो)
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पारेका छन् ।
सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पारे ।
पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ३ वर्ष पछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दावी समेत गरे ।
सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गरे ।
देउवा र पौडेलकै सामु शशांकले सोधे : काँग्रेसमा दुई गुट किन ?
उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोहो¥याए ।सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गरे ।
उनले आगामी निर्वाचनमा पार्टीलाई पूरानै अवस्थामा फर्काउने प्र्रतिवद्धता दोहो¥याउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराए ।
सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस प्रतिबद्ध रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय