शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा गोली प्रहार गरी लुटिएको ९ लाखसहित दुई पक्राउ

आइतबार, १३ जेठ २०७५, १७ : ००
आइतबार, १३ जेठ २०७५

टंक कुवर

कैलाली । कैलालीको धनगढी चौराहमा निर्मल कार्कीमाथी गोली प्रहारगरी लुटपाटपछि फरार रहेका दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ । 

पक्राउ परेकाहरुबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले बताए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा लगिएको छ ।

घटनाबारे  अनुसन्धान जारी रहेकाले प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।

सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढी आईएमईमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार गरि रकम लुटेका हुन् ।

गोली प्रहारबाट ग्लोबल आईएमई बैंकमा कार्यरत कार्की घाइते भएका छन् । कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाईतेको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ । 

सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप