बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई विवादमा नल्याउन प्रधानमन्त्रीको आग्रह

आइतबार, १३ जेठ २०७५, १३ : २६
आइतबार, १३ जेठ २०७५

काठमाडौं– स्थानीय सरकार सञ्चालनमा तानातान जस्तो देखिएपनि त्यसलाई व्यवस्थित बनाउँदै लैजाने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।
 

प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार सञ्चालनका विषयमा केही अन्योल भएजस्तो देखिएको छ, त्यसमा संघीय सरकार सजग छ ।’
शिक्षा समाजउपयोगी बनाउने तयारीमा सरकार लागेको भन्दै साक्षरमात्रै हुने, प्रमाणपत्र बोक्नेमात्रै नभई दक्ष, योग्य र प्रतिपर्धी शिक्षाको आवाश्यकता भएकाले प्राविधिक शिक्षामा जोड दिएको पनि बताए । 

स्वास्थ्य जनताको अधिकार भएको र त्यसलाई त्यसरी नै सरकारले लिएको भन्दै उनले सवै किसिमका स्वाथ्यसेवाको विकास गर्ने लक्ष्य र योजना सरकारले अघि सारेको प्रधानन्त्रीले बताए । 

उनले सामाजिक कुसस्कार र विकृतिविरुद्ध सरकार आक्रामक ढंगले प्रस्तुत हुने र त्यस्ता विकृतिलाइ समाजबाट हटाउने दावी गरे ।

प्रधानमन्त्री ओलीले केही सांसदले केही नपाएपछि राष्ट्रपतिले सभामुख र राष्ट्रिय सभाअध्यक्षलाई सम्मान नगरेको प्रसंग उठाएको भन्दै त्यो राष्ट्रपतिले नभएर सरकारले लेखेर दिएका शव्दहरु पढेकाले राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह गरे । 

कांग्रेसले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा सभामुखलाई आदरार्थी शव्दले सम्बोधन नगरेको भन्दै जवाफ माग गरेको थियो ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमप्रति संशोधन राख्ने माननीयहरुलाई आफूले धेरै कुरा स्पष्ट पारेकाले संशोधन फिर्ता लिन आग्रह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप