बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अदालतमा यौनाङ्ग देखाएपछि दोषमुक्त भए बलात्कार आरोपी

आइतबार, १३ जेठ २०७५, १३ : १०
आइतबार, १३ जेठ २०७५

द वासिङ्टन पोस्ट

कनेक्टिकटमा एक बलात्कार आरोपीलाई यसै हप्ता अदालतले दोषमुक्त गरेको छ तर आफूलाई निर्दोष साबित गर्न व्यक्तिले जुन तरिका अपनाए त्यसले सबैलाई चकित बनाइदिएको छ । वास्तवमा, ती व्यक्तिले अदालत परिसरभित्रै आफ्नो पाइन्ट खोले र न्यायाधिसलाई आफ्नो यौनाङ्ग देखाए ।

बचाउ पक्षका वकिल टोड बुर्सटले उनीसँग आफूलाई निर्दोष साबित गर्ने यही एउटा तरिका भएको बताए । ती व्यक्तिमाथि सन् २०१२ मा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । ती महिलाले घर फर्कने बेला ठूलो ओठ भएका अश्वेत व्यक्तिको कपाल भएका व्यक्तिले बलात्कार गरेको आरोप लगाइन् । महिलाले आफ्नो उजुरीमा जुन व्यक्तिले उनको बलात्कार गरेका थिए, ती अश्वेत थिए जसको यौनाङ्गको रंग बाँकी शरिरको तुलनामा हल्का भएको जानकारी दिएकी थिइन् ।

सन् २०१४ मा एक समाचार रिपोर्टमा फोटो देखेपछि पीडित महिलाले २६ वर्षीय डेसमन्ड जेम्स नामका व्यक्तिलाई आफ्नो बलात्कारको आरोपी बताएकी थिइन् । टोड बुसर्टका अनुसार महिलाले आरोपीको यौनाङ्गबारे जुन जानकारी दिएकी थिइन्, त्यो डेसमन्डको यौनाङ्गसँग मेल नखाने बताए ।

गत सोमबारदेखि न्यू हेवनमा सुरु भएको सुनुवाइको क्रममा टोडले डेसमन्डका यौनाङ्गका केही तस्बिर देखाएर आरोपी नभएको पुष्टि गर्न कोसिस गरेको जानकारी दिए  । टोडले टोडले वासिङ्टन पोष्टलाई दिएको एक अन्तर्वार्तामा भने, ‘दुर्भाग्यवश, फोटो खिच्दा फ्ल्यासका कारण सबै खराब भयो । त्यसपछि डेसमन्डलाई अदालतभित्रै आफ्नो यौनाङ्ग देखाउनका लागि तयार गराउन निकै मुश्किल थियो ।’

वकिलले अन्तर्वार्तामा भने, ‘हामीले डेसमन्डलाई यो उनको बचाउका लागि अत्यन्त महत्वपूर्ण भएको बतायौं । त्यसपछि कुनै शंका नहुने भन्यौं ।’

‘त्यसपछि बुधबार जब सुनुवाई भयो तब  ६ जना न्यायाधिसलाई यसबारे जानकारी दिइयो । त्यसपछि डेसमन्ड जूरी बक्समा उभिए र आफ्नो पाइन्टको बटन खोले,’ उनले भने, ‘पूरा प्रक्रिया तीन देखि पाँच सेकेन्डको थियो । अदालतले यसलाई ठूलो मसला बनाउन चाहँदैनथे । आखिर, यो अपमानजनक हो ।’

यद्यपी, उनीमाथि ती महिलाको बलात्कार नगरेको पुष्टि भएपनि जेम्स रिहा हुन सकेनन् । जेम्स गत वर्ष एक घरमा जबर्जस्ती छिरेर १० वर्षकी बालिकालाई यौन उत्पीडनका दोषी ठहरिएका थिए र अहिले ६५ वर्षको जेल सजायँ काटिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप