संसदमा प्रधानमन्त्रीको जवाफ : सुनको घर बनाउँछु भनेको छैन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई गरीब रहन नदिने भन्दै ‘चारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् ।
संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए ।
उनले भने, ‘तर यो असम्भव महत्वाकांक्षा होइन, अर्को वर्ष सुनको घर बनाउँछु भनेको छैन ।
नेपाल पहिलो विश्वमा नपुग्ने अभिशब्द हो? भन्दै उनले देशलाई विकासको बाटोतर्फ आजैदेखि लगे पहिलो विश्वमा पुग्न सम्भव भएको बताए ।
‘केही वर्षभित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् । हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौं’ उनले भने ।
प्रम ओलीले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र र त्यसलाई निर्यात प्रवद्र्धन गर्ने योजना सहित नीति तथा कार्यक्रम आएको पनि बताए ।
उनले अगाडि भने, ‘रुग्ण उद्योग चलाउन सकिन्छ भने काम अघि बढाउने र नयाँ उद्योगको व्यापक स्थापना गर्ने भनेका छौ । व्यापारको घाटाको अन्त्य गर्ने भनेका छौ । हरेक ठाउँले अगाडी पाइला सार्छ । नीति तथा कार्यक्रलाई लिएर मन दुखाउनुपर्ने कराण छैन । मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य गर्छु भनेको छु । विकास गर्छु भनेको छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण