शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्रीको जवाफ : सुनको घर बनाउँछु भनेको छैन

आइतबार, १३ जेठ २०७५, १२ : ३४
आइतबार, १३ जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई गरीब रहन नदिने भन्दै  ‘चारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् । 

संघीय संसदमा  सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए । 

 उनले भने, ‘तर यो असम्भव महत्वाकांक्षा होइन, अर्को वर्ष सुनको घर बनाउँछु भनेको छैन ।  

नेपाल पहिलो विश्वमा नपुग्ने अभिशब्द हो? भन्दै उनले देशलाई विकासको बाटोतर्फ आजैदेखि लगे पहिलो विश्वमा पुग्न सम्भव भएको बताए । 

‘केही वर्षभित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् ।  हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौं’ उनले भने । 

प्रम ओलीले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र र त्यसलाई निर्यात प्रवद्र्धन गर्ने योजना सहित नीति तथा कार्यक्रम आएको पनि बताए । 

उनले अगाडि भने, ‘रुग्ण उद्योग चलाउन सकिन्छ भने काम अघि बढाउने र नयाँ उद्योगको व्यापक स्थापना गर्ने भनेका छौ ।  व्यापारको घाटाको अन्त्य गर्ने भनेका छौ । हरेक ठाउँले अगाडी पाइला सार्छ  । नीति तथा कार्यक्रलाई लिएर मन दुखाउनुपर्ने कराण छैन । मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य गर्छु भनेको छु ।  विकास गर्छु भनेको छु  । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप