शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के रियल छाड्दैछन् रोनाल्डो ?, गरे यस्तो संकेत

आइतबार, १३ जेठ २०७५, १२ : १६
आइतबार, १३ जेठ २०७५

म्याड्रिड । शनिबार राती (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको उपाधि जितेपछि रियल म्याड्रिडका समर्थकहरु खुसियाली मनाइरहेका थिए । तर, त्यही बेला स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उनीहरुलाई ठूलो झड्का दिए ।

खेलपछि प्रतिक्रिया दिने क्रममा रोनाल्डोले अगामी सिजन क्लबमा नरहने संकेत गरेपछि धेरै रियलका समर्थकहरु स्तब्ध बनेका थिए ।

पत्रकारहरुसँग कुरा गर्दै उनले ‘भूत काल’ को प्रयोग गर्दै रियल म्याड्रिडको करियरको बारेमा जवाफ दिएपछि रोनाल्डोले रियल छाड्ने कुरा भाइरल बनिहाल्यो ।

३३ वर्षीय सुपरस्टारले प्रतिक्रिया दिँदा ‘रियलमा रहनु राम्रो थियो’ भनेका थिए ।

लगत्तै, म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र प्रशिक्षक जिनेदिन जिदानले उनले क्लब छाड्ने कुराको खण्डन नै गर्नुपर्यो ।

तर, पछि रोनाल्डो आफैले क्लब छाड्ने कुराको खण्डन गरे । उनले त्यो कुरा अन्य प्रशंगबाट लिइएको बताउँदै आफूले बोलेको कुरामा ग्लानी भएको स्पष्ट पारेका थिए ।

‘यसले यो ऐतिहासिक पलबाट हामीलाई टाढा लाँदैछ,’ उनले फक्स स्पोर्टसँग भने, ‘म यहाँ निकै खुसी छु । यतिबेला खेलाडीको व्यक्तिगत कुरा महत्वपूर्ण होइन । त्यो कुरा अर्को प्रशंगबाट तानियो या सायद मैले त्यो भन्न हुने थिएन ।’

रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा १३ खेलमा १५ गोल गरेका छन् । उनले किर्तिमानी ५ पटक यो उपाधि जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप