शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका जान नपाएपछि यसो गरे २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले

आइतबार, १३ जेठ २०७५, ११ : ५६
आइतबार, १३ जेठ २०७५

काठमाडौं–केन्द्र सरकारले अमेरिका जानबाट रोक लगाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भिडियो कन्फरेन्समार्फत त्यहाँ रहेका मधेशी समूदायलाई सम्बोधन गरेका छन् ।

अमेरिकामा रहेको मधेशी समूदायको छाता संगठन मधेशी एसोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएका थिएन । 

अनुमति नदिएपछि उनले जनकपुरबाट शनिबार भिडियो कन्फरेन्समार्फत सम्बोधन गरे । अरु दिनको तुलानामा निकै संयम भएर आफ्नो मन्तव्य राखेका मुख्यमन्त्री राउतले विकास, समृद्धिमा जोड दिएका थिए । 

उनले आफूलाई यो कार्यक्रममा आउने इच्छा भएपनि विशेष कारणले आउन नसकेको भन्दै प्रदेश २ को विकासका लागि अमेरिकामा रहेका मधेशी समूदायले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । 
प्रदेश २ लाई समृद्ध प्रदेश बनाउने इच्छा रहेको र त्यसमा सबैको सहयोग रहने धारणा उनले राखे । 

संघीय संरचनाअनुसार  प्रदेश सरकारगठन भइसकेको अवस्थामा  प्रदेशको विकास र समृद्धिका लागि सबैतिरबाट पहल भइरहेको उनले धारणा राखेका थिए ।

अमेरिका पुगेर त्यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको अध्ययन गरेर आफ्नो प्रदेशमा लागु गराउने सोच रहेपनि त्यो अपूरो हुन पुगेको समेत उनले बताए । 

उनले भविष्यमा अनुकूलता मिलाएर अमेरिका पुगि त्यहाँका  मधेसी समूदायसाग भेटघाट गर्ने पनि वाचा गरे । सो क्रममा उनले नेपालीका साथै भोजपुरी र मैथिली भाषा पनि प्रयोग गरेका थिए ।

थप समाचार

लालबाबु राउतको मन्तव्यप्रति भारत पनि बेखुश !

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतको टसल : के होला ‘साइड इफेक्ट’ ?

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतबीच अन्तरद्वन्द्वका यस्ता छन् १० शृङ्खला

‘मुख्यमन्त्रीको विदेश भ्रमण रोकेर सरकारले गल्ती गर्यो’

मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्नुको कारण खोज्ने प्रदेश सरकारको तयारी

मुख्यमन्त्रीको भ्रमण केन्द्रले रोक्ने अपेक्षित थियो : मुख्यमन्त्रीका सल्लाहकार

२ नम्वर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमणमाथि केन्द्र सरकारको रोक

मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

संसदमा प्रधानमन्त्री ओली : जनकपुरमा मुख्यमन्त्रीले कुटनीतिक मर्यादा उल्लंघन गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप