शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैदेशिक रोजगारीको पीडा : युएई पुगेका महिला भन्छन् ‘रोजगारी गुम्ने डरले नेपाल जान सकेनौ’

मङ्गलबार, २७ असार २०७४, १३ : १८
मङ्गलबार, २७ असार २०७४

लक्ष्मण खनाल


 युएई–बारा जिल्लाको सिमराकी सवि भट्टराई युएई आएको ५ बर्ष भयो । उनी घरेलु कामदारको रुपमा युएईमा कार्यरत छन् । २ छोरी र एक छोरा भएपछि श्रीमानले वेवास्ता गरेपछि छोराछोरीको पालन पोषणको लागि उनी युएई आएकी हुन् । भारतीय नागरिकको घरमा काम गर्ने उनी पहिलो छुट्टीमा स्वदेश गएर फर्केकोे पनि २ बर्ष भयो । अहिले पनि काम गरेको ठाँउबाट छुट्टी नमिलेको भने होइन्  तर उनी नेपाल फर्कन सकिरहेकी छैनन । 


भट्टराई भन्छिन् ‘दुई बर्ष पहिले लिएको श्रम स्वीकृति सकिएको छ । नेपाल गएपछि आउँन पाइएन भने जागिर गुम्नेडरले केही समय कुर्दै छु श्रम स्वीकृति खुलेपछि जान्छु ।’


मकवानपुर ४ की जुना रानाको समस्या केही फरक छ  । उनी पनि घरेलु कामदारका रुपमा युएईमै कार्यरत छन् । राई युएई आएको ९ बर्षमा धेरै पटक नेपाल आउनेजाने गरेकी छन । पहिला घरेलु कामदारको भिषा भएपनि अहिले उनको भिषा कम्पनीकै लागेको छ । राईले युएईको रोजगारीबाट विरामी आमाको नियमित उपचार र बुवाको रेखदेख गरिरहेको बताइन् । राई भन्छिन्–‘मेरो रोजगारदाता राम्रो छ, समस्या बुझ्छ, नेपालबाट आउँन पाउँदिन भनेर नै मेरो भिषा कम्पनीको बनाएको छ तर पुरानो भिषा घरेलु कामदारको भएकाले अध्यागमनमा रोकीदिने सुनेकी छु त्यही भएर घर जान सकेकी छैन ।’  कम्पनीले टिकट काटिदिने बताएपनि उनि अझै के गर्ने भन्ने दोधारमै रहेको बताउँछिन् ।


त्यस्तै समस्या स्याङ्गजा वालिङकी मालतिको छ । श्रीमानको आकस्मिक देहवसानपछि दुई छोरीहरु पाल्न युएई आएकी उनी पनि घर जान सकिरहेकी छैनन् । ‘छोरी विरामी छन् छोेरीको उपचार गर्नुपर्नेछ । नेपाल नजाऊ भने छोरीलाई समस्या छ जाउ भने रोजगारी गुम्छ’ उनी आक्रोशित हुदै भन्छिन् ‘कि त नेपाल सरकारले हामीलाई देशमै पर्याप्त रोजगारको अवसर दिनुप¥यो होइन भने बैदेशिक रोजगारी सहज बनाइदिनु प-यो ।’


भट्राई, राई र मालती त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै धेरै घरेलु कामदारका समस्या उस्तै छन् । नेपाल सरकारले युएई लगायत खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान रोक लगाएपछि युएईमा रहेका नेपाली महिला कामदारहरु छुट्टीमा घर जान नपाएकोमा यस्तै गुनासो गर्दन् । ‘घरगयो भने फर्कन पाइदैन र रोजगारी गुम्छ’ भन्ने डर छ उनीहरुलाई ।


समस्या छिट्टै समाधान हुने दुतावासको आशा
नेपाली राजदुतावास युएईले घरेलु कामदारका लागि सहज वातावरण बनाउन पहल गर्ने र उनिहरुले विश्वासनीय तवरले काम गर्ने वातावरण बन्नेमा आशावादी रहेको बताएको छ । त्यहि अनुसार आफ्नो तर्फबाट पहल गरिरहेको दुतावासले जनाएको छ । 


दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले आफुहरुले घरेलु महिला कामदारको विषयमा पटक पटक विभागलाई पत्रचार गरेर यएईमा रहेका वा नयाँ आउन चाहनेहरुका लागि सहज बतावरण बनाउन पहल गरिरहेको बताए । उनले कानुनी प्रक्रिया पु¥याएर आउनेहरुका लगि केहि महिनाभित्रै सहज हुने पनि बताए । 


सेटिङमा आउने रोकिएनन् 
नेपाल सरकारले घरेलु कामदारहरुलाई युएईमा आउन अहिले रोक लगाएपनि  दैनिकजसो अबैधानिक माध्यमबाट युएई आउने क्रम रोकिएको छैन । एयरपोेर्ट सेटिङ्ग मार्फत दलाललाई महङ्गो रकम तिरेर घरेलु कामदार आउनेहरु प्रशस्तै भेटिन्छन ।
१५ दिन पहिले घरेलु कामदारको रुपमा युएई आएकी सिन्धुलीकी एक जना महिलाले नाम नलेख्ने शर्तमा  भनिन् ‘दुईलाख तिरेर कम्पनी कामदारको नक्कली भिषा बनाएर आएँ ।’ उनले आफु जस्तै सेटिङ्गमा आउनेहरु धेरै रहेको पनि बताइन् । बैधानिक र अबैधानिक बाटो भएर युएई आएका नेपाली घरेलु कामदारको संख्या करिब १०÷१२ हजार नेपाली रहेको अनुमान छ । सरकारले घरेलु कामदारलाई श्रम स्विकृति र पुनः स्विकृति बन्द भएपछि नयाँ आउने र युएईमा रहेकाहरुलाई छुट्टी जान समस्या भएको छ । उनीहरु खाइपाइ आएको रोजगारी गुम्ने डरले नेपाल जान सकिरहेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप