शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकललाई बसले ठक्कर दिँदा तीनको मृत्यु

आइतबार, १३ जेठ २०७५, १० : ४७
आइतबार, १३ जेठ २०७५

तनहुँ– मोटरसाइकललाई बसले ठक्कर दिदा एउटै मोटरसाइकलमा सवार ४ जनामध्ये तीन जनाको मृत्यू भएको छ भने एकजना गम्भीर भएका छन् । 

प्रहरीका अन्ुसार पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकललाई पृथ्वीराजमार्गको व्यास नगरपालिकास्थित कमलबारीमा शनिबार राति ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवारमध्ये दुई जनाको शनिवार राती घट्नास्थलमै र एक जनाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । 

दुर्घटनामा पर्सा घर भई सेरवा गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय राज राय र २१ वर्षे धिरज चौधरीको शनिवारै मृत्यु भएको हो । 

२२ वर्षीया संजय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आइतबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
घाइते २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । 

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप