शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटनामा छोराको मृत्युपछि उनकी प्रेमिकाको पार्टनर बने पिता, छोराको इच्छा पूरा गर्न यसो गरे

आइतबार, १३ जेठ २०७५, ०८ : ५९
आइतबार, १३ जेठ २०७५

काइली साउडर्स लामो समयदेखि प्रोम पार्टीमा जाने तयारी गरिरहेकी थिइन् । उनी आफ्ना प्रेमी कार्टर ब्राउनसँग उक्त पार्टीमा जानका लागि निकै उत्साहित थिइन् । तर प्रोम पार्टी हुनु एक महिना अघि पेन्सिल्भानियाका किशोरको कार दुर्घटनामा मृत्यु भयो ।

दुर्घटनाले १८ वर्षे काइलीलाई विक्षिप्त बनायो । उनले प्रोम पार्टीमा नजाने निश्चित गरिन् । यद्यपी, कार्टरका पिता रोबर्ट ब्राउनका पिताले काइलीले हाई स्कूलको प्रोम पार्टी नछुटाओस् भन्नका लागि उनको पार्टनर बने ।

रोबर्ट आफ्ना छोरा कार्टरकी प्रेमिका काइलीसँग गत शनिबार पेन्सिल्भानियाको मर्सस्बर्गस्थित जेम्स बुचानन हाई स्कूलको कार्यक्रममा उपस्थित भए । कार्टरले काइली प्रोम पार्टीमा उपस्थित होस् भन्ने चाहना राखेकाले आफू उनको पार्टनरको बनेको रोबर्टले जानकारी दिए ।

एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकी काइलीलाई सरप्राइज दिनका लागि गत अप्रिल १५ तारिखमा कार्टर इन्डियाना स्टेट युनिभर्सिटीबाट आफ्नो घर जाँदै थिए तर उनको कार बाटोमा नै दुर्घटनाग्रस्त भयो ।  

१९ वर्षे उनको घटनास्थलमा नै मृत्यु भयो ।

काइलीले प्रेमीको मृत्युपश्चात् प्रोम पार्टीमा नजाने निश्चित गरिसकेकी थिइन् तर प्रेमीका बुवाले कलेजमा काइलीसँगै उपस्थित हुने अनुमती लिएपछि उनी यसका लागि राजी भएको बताइन्छ ।

‘मेरो छोरो निकै मायालु र प्रेमिकाको केयर गर्ने खालको थियो । कायली पनि निकै प्यारी छिन्, उनी हाम्रो परिवारकी सदस्य हुन्,’ रोबर्टले सेन्टर डेली टाइम्सलाई भने ।

रोबर्टकी श्रीमती केलीलले काइली अझै पनि आफ्नो परिवारको सदस्य भएकाले यो सम्पूर्ण क्रियाकलाप गरेको जानकारी दिएकी छिन् ।

डेली मेलबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप