शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अचानक भेटे किम जोंग उन र मून जे इन

आइतबार, १३ जेठ २०७५, ०७ : १४
आइतबार, १३ जेठ २०७५

बीबीसी

उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरुले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन् । यद्यपी, दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा शनिवार भएको बैठक अप्रत्याशित रुपमा भएको हो।

उत्तर कोरियाका नेता किम जोङ – उनसँग हुने भनेर पनि स्थगन गरिएको शिखरवार्ता अन्ततः सम्भव भएको अमेरिकी राष्ट्रपतिले जनाएको भोलिपल्टै दुई कोरियाका नेताबीच सो बैठक भएको हो।

यसअघि कोरियाली प्रायद्वीपमा अमेरिका तथा दक्षिण कोरियाले हालै गरेको संयुक्त सैन्य अभ्यासप्रति प्योङयाङले विरोध जनाएको थियो र किम जोंगले मून जे सँगको भेटलाई रद्द गरेका थिए ।

दुई कोरियाबीच भएको बैठकले उत्तर कोरिया अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेकोतर्फ संकेत गर्ने सोलस्थित बीबीसी सम्वाददाता बताउँछिन्।

साथै उक्त वार्ता, दुई कोरियाले सहकार्य गर्नका लागि गरेको प्रयासको एउटा संकेत भएको पनि उनी बताउँछिन्।

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन र उत्तर कोरियाका नेता किमबीचको भेट पान्मुनजोममा दिउँसो तीनबजेदेखि पाँचबजेसम्म चलेको थियो।

उक्त बैठकले अर्को महिना सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ – उनबीच हुने भनिएको शिखरवार्ताका लागि बाटो खोलेको थियो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप