शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषियोग्य जमिनलाई अन्य काममा लगाउन रोक्ने तयारी

शनिबार, १२ जेठ २०७५, २१ : ४८
शनिबार, १२ जेठ २०७५

काठमाडौँ- कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन्  । 

उनले  नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गरे । 

हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को १९औँ वार्षिकोत्सवका अवसरमा आज  आयोजित अन्तक्र्रियामा उहाँले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी दिए । 

नेपालमा कृषिको विकासका लागि छलफल, अनुसन्धान र नीतिगत व्यवस्था पर्याप्त भए पनि व्यवहारिक नभएकाले कृषि क्रान्ति हुन नसकेको उनको  भनाइ छ । निजी क्षेत्रको पहिलो कृषि क्याम्पसका रुपमा स्थापना भएको हिकास्टले कृषि शिक्षा, अनुसन्धानलगायत काम गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप