शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा मृगलाई हानेको गोली लागेर एकको मृत्यु

शनिबार, १२ जेठ २०७५, २० : ३४
शनिबार, १२ जेठ २०७५

संखुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप