बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अब सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : यादव

शनिबार, १२ जेठ २०७५, १८ : ००
शनिबार, १२ जेठ २०७५

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले वर्तमान सरकारको सय दिनमा दुई पार्टीबीचको एकता र केही सुशासन दिलाउनेबाहेक अन्य कुरामा सपना बाँड्ने मात्रै काम भएको बताएका छन् । 

वर्तमान सरकारले नारा धेरै लगाएको तर काम थोरै गरेकोपनि उनको आरोप थियो । उनले अहिलेको सरकार सर्वसक्तिमान रहेको बताउँदै भने, ‘भारतमा, चीनमा र नेपाल सबैमा शक्तिशाली र स्थिर सरकार छ, अब सुशासन र विकास नगरे कहिले गर्ने ?’

आफूहरुले संविधान संशोधनलगायतका मधेश आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नको लागि वर्तमान सरकारलाई समर्थन गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाई र सम्बोधन नभएको उनले आरोप लगाए । 

उनले थपे, ‘हाम्रो काम नै नगरेपछि हामी अब समर्थनबारे पूर्नविचार गर्छौं ।’ यादवले सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिन सक्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप