शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसरी कमाउनुभयो लालबाबुजी ५५ लाख : डा. केसी

शनिबार, १२ जेठ २०७५, १७ : ५२
शनिबार, १२ जेठ २०७५

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले सय दिनमा केही सम्भावनाहरु देखाएपनि अझै काम हेर्न बाँकी रहेको बताए । उनले भने, ‘सरकारले फाष्टट्रयाक, रेलवे, जहाज ल्याउनेलगायतका सम्भावनाहरु देखाएको छ, हिजो बिग्रेको सम्बन्धहरु सुधार गरेको छ, यी राम्रै कुराहरु हुन् ।’

यद्धपी उनले सय दिनमा देखा परेका कुराहरु हेर्दा राम्रो संकेत नगरेको गुनासो गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि भ्रमणबाटै समस्या समाधान हुन्छ भनेर भारत भ्रमणमा गएकोले ओली पनि परम्परागत रुपमा झुण्डिएको उनको गुनासो थियो । 

उनले भने, ‘प्रधानमन्त्रीले ६ महिनापछि वा राजदुत नियुक्त गरेरमात्रै भ्रमण गरेको भए हुन्थ्यो, तर उहाँले प्रधानमन्त्री भएपछि भ्रमण गर्नमै जोड दिनुभयो ।’

त्यस्तै उनले सिण्डिकेट हटाउनेजस्तो ठूलो उपलब्धिमूलक काम गरेका यातायात विभागका महानिर्देशकलाई पुरस्कारस्वरुप कारबाही गरिएको भन्दै व्यंग्य समेत कसे । उनले भने, ‘कर्मचारीहरुलाई अनुकुल र प्रतिकुल अनुसार प्रयोग गरिएको छ, राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्ने हो, तर कारबाही गरिएको छ ।’

वर्तमान सरकार संविधानतः पनि अढाई वर्षसम्म नढल्ने र दुई तिहाईको सरकार भएकोले अब परिणाममुखी कार्यप्रणाली अपाउनुपर्नेमा उनको जोड थियो । उनले सरकारको नीति तथा कार्यक्रम चित्त प्रशन्न हुने खालको नभएको स्पष्ट पारे । 

त्यस्तै फरक प्रसँगमा उनले कार्यक्रममा सँगै रहेको मन्त्री लालबाबु पण्डितलाई प्रश्न गर्दै भने,‘जनता जान्न चाहन्छन् ? लालबाबुजी तपाईले कसरी कमाउनुभयो ५५ लाख ?’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप