शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चकन्याको एस.एस. ट्याङ्क भारततर्फ निर्यात

शनिबार, १२ जेठ २०७५, १६ : ३८
शनिबार, १२ जेठ २०७५

काठमाडौं–पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेश स्टील ट्याङ्कहरु विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको जनाएको छ ।

 यी ट्याङ्कहरु हाल नेपालमा मात्र नभई भारतको पटना, लखनउ, कोलकत्ता आदि विभिन्न शहरहरुमा समेत निर्यात हुन थालेको कम्पनीले जनाएको छ । 

 बढी खीया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पलहरु तथा स्ट्याण्ड सहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्याङ्क भित्रको फोहर सफा गर्न सकिने लगायतका विशेषता यसमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप