शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

होटल अन्नपूर्णमा ‘नाइस इण्डियन एजुकेशन फेयर’ हुँदै

शनिबार, १२ जेठ २०७५, १६ : १०
शनिबार, १२ जेठ २०७५

काठमाडौं– नेपाल र भारतको शिक्षालाई व्यावसायिक र व्यवस्थित गर्ने उद्देश्यले भोलिदेखि दुई दिनसम्म ‘नाइस इण्डियन एजुकेशन फेयर’ हुने भएको छ ।

दरवारमार्गको होटल अन्नपूर्णमा हुने सो मेलामा मेलामा विभिन्न उच्चस्तरका ३० वटा शैक्षिक संस्थाहरुले भाग लिने नेपाल इण्डिया काउन्सिल फर एजुकेशन (नाइस) का अध्यक्ष दिराज शर्माले जानकारी गराए । 

मेलाको बारेमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पहिलो पटक यसखालको मेला हुन लागेका बताउँदै  मेला नेपाल र भारतका विद्यार्थीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 
मेलामा भारतीय शिक्षा क्षेत्रमा १० वर्ष भन्दा लामो अनुभव भएका परमार्शदाताले विद्यार्थी तथा अभिभावकलाई परामर्श दिने बताउँदै अध्यक्ष शर्माले मेलामा सहभागी शैक्षिक संस्थाहरु भारतका चर्चित संस्था रहेको र यसले कसरी गुणस्तर शिक्षा दिइरहेको छ भन्ने बारेमा  पनि जानकारी दिइने बताए ।

भारतमा आठसय भन्दा बढी विश्वाविद्यालय र ३८ सय भन्दा बढी कलेजहरु छन्  । तर कुन शैक्षिक संस्थामा के अध्ययन भइरहेका छन्, कहाँ पढ्दा उचित हुन्छ भन्ने जस्ता समस्या देखिने भएकाले त्यसकै परामर्शका लागि मेला आयोजना गर्न लागिएको उनले बताए ।

 उनले भने, ‘शैक्षिक क्षेत्रमा भारतका लागि नेपाल ठूलो मार्केट हो तर व्यवस्थित छैन ।’ यसलाई व्यवस्थित गर्नका लागि आफूले पहल गर्न लागेको उनले बताए ।

नेपालबाट वार्षिक १० हजारको हाराहारीमा  नेपाली विद्यार्थी भारत पढ्न जाने गरेको बताइएको छ । जेठ १३ र १४ गरी दुई दिनसम्म चल्ने सो मेलाको नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले विहान १० वजे उद्घाटन गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप