बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरको टोकाइबाट ९ घाइते

शनिबार, १२ जेठ २०७५, १२ : ५२
शनिबार, १२ जेठ २०७५

बाजुरा– बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् । 

घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन् । घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो कुकुरले स्थानीयलाई टोक्दै घाइते बनाउन थालेको घाइते प्रशान्तराज जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप