शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम-किम शिखर वार्ता सम्भव !

शनिबार, १२ जेठ २०७५, १२ : १४
शनिबार, १२ जेठ २०७५

वासिङटन - उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै पनि जुन १२ मा नै पनि हुनसक्ने बताएका छन् । 

यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच भनेका छन्, उनीहरू ९उत्तर कोरियालीहरू० सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ ।’ 

ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो । 

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।” 

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप