अत्यधिक बर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु, दशौँ हजार प्रभावित
कोलम्बो । श्रीलङकामा आएको अत्यधिक मनसुनी बर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ ।
बर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन् ।
केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक बर्षाका कारण नराम्रो अवस्था आउन सक्ने पूर्वानुमान गरिएको बताउदै घटनास्थलमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोली खटाइएको जानकारी दिए ।
उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका झण्डै चार हजार घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका थिए ।
मौसम पुर्वानुमान विभागले पनि देशभरी ठूलो बर्षा हुने भविष्यवाणी गरेको थियो । श्रीलङ्कामा हरेक बर्ष अत्यधिक बर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।
गत बर्ष बर्षाका कारण आएको बाढी पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै