शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुरु

शुक्रबार, ११ जेठ २०७५, १९ : ४७
शुक्रबार, ११ जेठ २०७५

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । 

कर्णाली प्रदेश प्रमुखको कार्यालयले जेठ ४ गते अधिवेशन आह्वान गर्न प्रदेश सचिवालयलाई परिपत्र गरेपछि दोस्रो अधिवेशनको पहिलो बैठक शुरु गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

बैठकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र सीता नेपालीले अब बजेट अधिवेशन शुरु भएको बताउँदै संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न कानूनको अभाव रहेको बताए । 

चालीस प्रतिशत बजेट भ्रष्टाचार हुनु अहिलेको प्रमुख चुनौती रहेको जनाउँदै उनीहरूले द्रुतमार्गबाट ल्याएको बजेटको कार्यविधि बन्न नसकेको टिप्पणी गरे । 

प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले दैलेखमा ६० प्रतिशत जनताका जग्गा अहिले पनि ४९ गुठीमा रहेको भन्दै त्यहाँका ४० प्रतिशत दुःखी जनताका लागि प्रदेश सरकारलाई जिम्मेवार हुन सुझाए । 

प्रदेशसभाको अर्को बैठक आइतबार अपराह्न ३ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप