मेस्सी र रोनाल्डोभन्दा पनि नेयमार मूल्यवान
लण्डन – गत सिजन समकक्षी लियोनेल मेस्सी र लुइस सुवारेजजस्तै गोलको वर्षा गर्न असफल भए पनि बार्सिलोनाका फरवार्ड नेयमार विश्वको सबैभन्दा मूल्यवान खेलाडी घोषित भएका छन् ।
सिईआईएस फुटबल अबर्जभेटरीले गरेको अध्ययनले २५ वर्षीय ब्राजिलियन खेलाडी विश्वकै मूल्यवान खेलाडी रहेको देखाएको हो ।
अध्ययनले नेयमारको वास्तविक मूल्य १८.५ करोड पाउण्ड रहेको बताएको छ ।
खेलाडीको मूल्य तय गर्दा अबर्जभेटरीले प्रदर्शन, खेल्ने क्लब, अन्तर्राष्ट्रिय स्थिति, करार, उमेर, खेल्ने स्थान र बजारमा बिक्न सक्ने क्षमता आदि मानकहरुलाई आधार मानेको थियो ।
अबर्जभेटरीले युरोपका टप ५ लिगबाट रुचाइएका ११० खेलाडीको सूची प्रकाशित गरेको छ । जसमा इंग्ल्याण्ड र टोटनहमका खेलाडी डेले अली १३.७ करोड मूल्य सहित दोस्रो स्थानमा रहेका छन् ।
तेस्रो स्थानमा इंग्ल्याण्ड तथा टोटनहमका फरवार्ड ह्यारी केन रहेका छन् । उनको मूल्य १३.५ करोड रहेको बताइएको छ ।
चौँथो र छैटौँ स्थानमा बार्सिलोनाका लियोनेल मेस्सी र लुइस सुवारेज रहेका छन् ।
पाँचौ स्थानमा १३.२ करोड पाउण्डसहित करोड मूल्यसहित एथ्लेटिको म्याड्रिडका एन्टोनियो ग्रिजमान रहेका छन् ।
किर्तिमानी रकममा म्यान्चेस्टर युनाइटेड भित्रिएका पाउल पोग्बा ११.९ करोड पाउण्डसहित सातौँ रहेका छन् ।
गोन्जालो हिग्वाइन, एडिन हजार्ड र पाउलो डिबाला क्रमशः सातौँ, आठौँ र दशौँस्थानमा रहेका छन् ।
क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाउन सकेनन् ।
उनी ११ औँ स्थानमा सिमित भए । उनको मूल्य ९.९ करोड पाउण्ड अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
-
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा