शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए,पोर्चुगलको सदस्यता विस्तारमा तीब्रता

मङ्गलबार, २७ असार २०७४, ११ : २९
मङ्गलबार, २७ असार २०७४

लिस्वन–गैरआवासीय नेपाली संघ,पोर्चुगलको आसन्न अधिवेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका नेपाली समुदायबीच यसबारे चर्चा र हलफल हुन थालेको छ ।

यसै सन्दर्भमा गत साता गैह्रआवासीय नेपाली संघ पोर्चुगलको एक टोलीले राजधानी लिस्वन बाहिर अल्गार्भ, बेजा, अलेन्तेजो क्षेत्रमा बसोवास गर्ने नेपालीहरुबीच संघको सदस्यता वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 


उक्त भेटघाट तथा सदस्यता वितरण कार्यक्रममा गैह्रआबासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल संगम लगायतका टोलीले नयाँ तथा पुराना सदस्यता वितरण र नविकरण गरेको छ । 

कार्यक्रममा गैह्रआवासीय नेपाली संघको नेतृत्वप्रति समर्थन गर्दै एनआरएनए आरसिसि अल्गार्भका अध्यक्ष अनिल शर्मा, शरद शाही, बिनोद विक, योगेश शर्मा, निरन्जन सेढाई, दिपक क्षेत्री, बिष्णु बराल, मच्छीन्द्र अर्याल, शिव कुमार  निरौला, देबेन्द्र पुन, माया गुरुङ, तिलक गैरे, रेशम गिरी, कुबेर मल्ल, कमल हमाल ठकुरी, टेक बस्नेत, दीपेन्द्र आचार्य, गीता राना, बम जी सी, मणी पौडेल, भुपेन्द्र बस्नेत, रुपेश शाह, प्रकाश खडका, मधु सापकोटा, गंगा राम कडेल, नारायण भुर्तेल लगायतले आभार प्रकट गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप