शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा “टाटा मोटर्स कार मेला” सुरु

शुक्रबार, ११ जेठ २०७५, १६ : ३८
शुक्रबार, ११ जेठ २०७५

बुटवल । बुटवलमा आजबाट “टाटा मोटर्स कार मेला” सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला आजबाट पहिलो पटक बुटवलमा सुरु भएको हो ।

बुटवल स्थित क्लव डी नोभोमा सुरु भएको मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् । यस वर्ष टाटा कार मेलाको मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप