मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जमलबाट ठूलो परिणाममा लागू औषधसहित राई पक्राउ

शुक्रबार, ११ जेठ २०७५, १६ : ३१
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले संखुवासभा पाँचखपन नगरपालिका–३ का सोमप्रसाद राईलाई ठूलो परिणामको नियन्त्रित लागू औषधसहित पक्राउ गरेको छ । बिहीबार काठमाडौंको जमलबाट पक्राउ परेका राईको साथबाट डाईजेपाम १६ सय ५० एम्पुल, बुप्रिनोर्फिन १६ सय ५० एम्पुल र सोही परिणामको फेनारगन गरी कुल ४ हजार ९ सय ५० एम्पुल लागु औषध बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

५४ बर्षीय सोमप्रसाद राई विगत लामो समयदेखी नेपाल–भारत सीमाबाट नियन्त्रित लागूऔषधको कारोबारमा सक्रिय भई काठमाडौं लगायतका प्रमुख शहरहरुमा लागूऔषध कारोबार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपालका मुख्य शहरहरुमा लागूऔषध कारोबार गर्ने सञ्जालका मुख्य व्यक्ति समेत रहेका राईमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप