बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता सेयर बजारमा २०.९७ अंकको गिरावट, इन्भेष्टमेन्टका संस्थापकको सबैभन्दा बढी कारोबार

शुक्रबार, ११ जेठ २०७५, १३ : ५६
शुक्रबार, ११ जेठ २०७५

काठमाडौँ । यो साता एक अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । गत साता भन्दा कारोबार रकम ७७.७१ प्रतिशतले बढी हो । 

यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको हो । गत साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २०.९७ अंकले घटेर अन्तिम दिन १३१८.२२ अंकमा पुगेको छ । 

क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २७७.८९ अंकमा आइपुगेको छ । य

स साता कारोबार रकम (२२ करोड ८५ लाख रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको  संस्थापक अग्रस्थानमा छन् । 

त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९६ हजार कित्ता) को आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रह्यो । त्यसैगरी कारोबार संख्या (७२९ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप