शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोपमा बस्नेत पक्राउ

शुक्रबार, ११ जेठ २०७५, १३ : २३
शुक्रबार, ११ जेठ २०७५

 हेमराज ढकाल
भक्तपुर– रिसोर्टमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरका एक युवकलाई पक्राउ गरेर भक्तपुर ल्याएको छ ।   २७ वर्षकी अन्जु (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको आरोप लागेका ललितपुर महालक्ष्मी नगरपालिका– ७, बस्ने बर्ष ३७ को विक्रम बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 

बस्नेतले गत पुस ५ गते राती करिब नौ बजेको समयमा अरनिको राजमार्गस्थित सूर्यविनायक नगरपालिका–९, नंखेलमा रहेको सिटीगाँउ रिसोर्टमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले जाहेरीमा उल्लेख गरेको छिन् । 

पीडित पक्षले २०७५ बैशाख २ गते जवरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता भई फरार रहेका बस्नेतलाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् । 

यस घटना समबन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता डिएसपी प्रसाईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप