श्रीमतीको स्ट्याचु देखेर अजय देवगनले भने, ‘चुप लागेर बस्ने काजोललाई भेट्नुहोस्’ काजोलको यस्तो जवाफ
सेलिब्रिटीको वाक्स स्ट्याचुका लागि चर्चित मेडम तुसाद म्यूजियम सिंगापुरमा काजोलको वाक्स स्ट्याचु लञ्च गरिएको छ । बिहिबार काजोल आफ्नो स्ट्याचुलाई हेर्नका लागि सासु विना देवगन र छोरी न्यासासँग सिंगापुर पुगिन् । उक्त मौकामा काजोल र न्यासा दुबै नै स्ट्याचुसँग पोज दिइरहेको देख्न सकिन्छ । आमा–छोरीको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा न्यासाले दुबैलाई हेरेर ‘स्ट्याचु’ भन्दा काजोल ‘फ्रिज’ हुन्छिन् ।
यता अजय देवगनले उक्त भिडियो इन्स्टाग्राममा सेयर गर्दै लेख्छन्, ‘मीट द साइलेन्ट काजोल (चुप लागेर बस्ने काजोललाई भेट्नुहोस्)’ जसमा काजोलले जवाफ दिएकी छिन्, ‘मलाई घर आउन देउ’
म्याडम तुसाद म्युजियम सिंगापुरको समूह जनवरीमा भारत गएको थियो । त्यतिबेला समूहका सदस्यले काजोलको २ सय भन्दा बढि नाप लिएको थियो । पूरा शरिरको नाप लिन चार घण्टाभन्दा बढि समय लागेको जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै