शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकको संस्थापक शेयरधनीमा कर्मचारी संचय कोष र राष्ट्रिय बीमा

शुक्रबार, ११ जेठ २०७५, १२ : ४६
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं । सिभिल बैंक लिमिटेडले तेस्रो पटक हकप्रद शेयर बिक्रिको लागि बोलपत्र माग गरेकोमा कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापूँजी ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम, २५% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लि.लाई नियुक्त गरेको थियो । जस मध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रिको लागि जेष्ठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गरीएकोमा, कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ । कुल ३२,२५,६२० कित्ता शेयरको लागी आवेदन परेकोमा अधिकतम बोली १५० र न्यूनतम बोली १०० परेको बैंकले जनाएको छ । यससंगै बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३सय ६२ पुग्ने कुरा बैंकले बताएको छ ।

आ.व. ७४/७५ को चैत्र मसान्तसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको, करीब ३७ अर्वको निक्षेप परिचालन गरी करीव ३६ अर्वभन्दा बढीको कर्जा लगानी गर्नुका साथै ३५ करोड खुद मुनाफा कमाउन सफल बैंकको शाखा संख्या ६१ पुगेकोे पनि बैंकले जनाएको छ । बैंकले संचित मुनाफाबाट बोनस शेयर वितरण गरी अपुग चुक्ता पूँजी पुर्याउन कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप