केन्द्रीय संस्करण

नीति तथा कार्यक्रममा ‘संघीयता’ भन्ने शब्द किन राखिएन ? छुटेको हो ? : यादव

person access_timeजेठ ११, २०७५ chat_bubble_outline0

काठमाडौँ । राजपाका सांसद महेन्द्र राय यादवले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सुन्दा लोकप्रिय र कर्णप्रिय लाग्ने नीति तथा कार्यक्रम आधार हिन महत्वकांक्षी रहेको बताएका हुन् । उनले राजनीतिक समस्या समाधान नभई मुलुकको आर्थिक सम्वृद्धि सम्भव नभएको भन्दै उनले संविधानलाई सर्व स्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए । 

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा सपना मात्र हुने उनको तर्क थियो । नीति तथा कार्यक्रमले संघीय संरचनालाई आत्मसाथ नगरेको दाबी गरे । 

उनले भने , “संघीयता भन्ने शब्न किन राखिएन ? छुटेको हो ? सभामुखलाई सम्माननिय किन लेखिएन ?” तराई मधेस भन्ने शब्द पनि नराखिएको भन्दै उनले यसले पहिचानको समस्या श्रृजना गराउने बताए ।

सरकारले राजनीतिक समस्या सम्बोधन नगरी लोकप्रिय सपना बाँड्ने काम मात्रै गरेको आरोप उनले लगाए । उनले भने “कम्युनिष्ठ पार्टी सपना बाँड्ने नै पार्टी हो । देशलाई सिंगापुर बनाउछु, जसको जोत उसको भोग भन्ने पनि कम्युनिष्ट नै हो, खै अहिले त्यो भएको ?”

सरकारले जनताको तटबन्धको पैसा काटेको, तराई मधेस सम्वृद्ध सिंचाई आयोजना काटेको दाबी गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण, वृक्षरोपण लगायतमा ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X