शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीको असर ? जब गुडिरहेको ट्रकमा राखिएका अण्डाभित्रबाट चल्ला निस्कन थाले... (भिडियोसहित)

शुक्रबार, ११ जेठ २०७५, १२ : १४
शुक्रबार, ११ जेठ २०७५

चीनको सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएका अण्डाभित्रबाट चल्ला निस्किरहेको देख्न सकिन्छ ।

उक्त भिडियो केही सेकेन्ड मात्र लामो छ तर यसमा तपाईंले स्पष्ट रुपमा अण्डाभित्रबाट कम्तीमा पनि पाँचवटा चल्ला निस्किरहेको देख्न सक्नुहुन्छ भने केही चल्लाको खुट्टाले अण्डाको बोक्रा तोडिरहेको देख्न सक्नुहुन्छ ।

चीनमा उक्त भिडियो कहिले र कहाँ खिचिएको भन्ने स्पष्ट जानकारी छैन । तर इन्कुबेशन बिना नै अण्डाबाट चल्ला बाहिर कसरी निस्कन्छ भनेर थुप्रैले प्रश्न गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप