शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रकाश दाहालको सम्मानमा रक्तदान गरिँदै

शुक्रबार, ११ जेठ २०७५, १२ : ०८
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालसहित दिवंगत आरोहीहरुको सम्मानमा शनिबार रक्तदान हुने भएको छ । 

सगरमाथा आरोही संघले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डमा रक्तदान आयोजना गरेको हो ।

रक्तदानको शनिबार बिहान ७ बजे पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम रहेको प्रकाशसँगै सगरमाथा आरोहण गरेका सगरमाथा आरोही संघका सचिव मदन चुडालले जानकारी दिए । उनका अनुसार कम्तिमा ६ सय जनाले रक्तदान गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ । सचिव चुडालले कार्यक्रममा सहभागी भएर रक्तदान गर्न सबैलाई आग्रह गरेका छन् । प्रकाशसहित तत्कालिन एकीकृत नेकपा माओवादीका ८ नेता कार्यकर्ताले सगरमाथा दिवसकै दिन २०६८ जेठ १३ गते सर्वोच्च शिखर समगरमाथाको सफल आरोहण गरेका थिए । प्रकाशको गत ३ मंसिरमा हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप