शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा सुवासचन्द्र नेम्वाङको माग– राष्ट्रपतिलाई महारानी भनेको शब्द रेकर्डबाट हटाइयोस्

शुक्रबार, ११ जेठ २०७५, ११ : ५३
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवास चन्द्र नेम्वाङ्गले राष्ट्रपतिलाई महारानी बनाउन खोजेको भनेर बैठकमा टिप्पणी भएको भन्दै महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुखसँग आग्रह गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शुक्रबारको प्रतिनिधीसभा बैठकमा समय लिएर बोल्दै सांसद नेम्वाङ्गले यस्तो माग गरेका हुन् । 

उनले सम्वृद्ध नेपाल बनाउने लक्ष अनुरुप नै सरकारको नीति तथा कार्यक्रम आएकाले मुलुक बनाउने काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरेका थिए । 

सम्वृद्ध नेपाल निर्माणका लागि ल्याईएको नीति तथा कार्यक्रममा समर्थन गर्न प्रतिपक्षी दललाई आव्हान गरे ।

उनले निर्वाचनका समयमा जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्ने लक्ष्य सहित सरकारको नीति तथा कार्यक्रम आएको स्पष्ट पारे ।

निर्वाचनका समयमा आफुले गरेका प्रतिवद्धताहरुलाई सिंगै बोक्ने काम सरकारले गरेको उल्लेख गर्दे उनले फुलको आखामा फुलै संसार र काडाको आखामा काडै संसार भने जस्तै यसलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।

जनतासँंग गरेको बाचा बन्धन र प्रतिवद्धताका आधारमा नीति तथा कार्यक्रम आएकाले यो जनअनुमोदित र जनताको जनादेशमा आधारित रहेको दाबी गरे ।

मुलुक बनाउनका लागि जनतालाई देखाईएको सपनालाई जनताले पनि पत्याएकाले सरकारले नीति तथा कार्यक्रम सफल पार्ने ढंगले बजेट ल्याउनुपर्ने उल्लेख गरे । 

केही दिन देखि आफुले काठमाण्डौबाट रेलमा नै दिल्ली र युरोप पुग्ने गरेको सपना देख्ने गरेको भन्दै उनले मुलुकलाई सम्वृद्ध र सुखी नेपाली बनाउने नीति तथा कार्यक्रम भित्रका सपनालाई समर्थन गर्न प्रतिपक्षी दललाई आव्हान गरे ।

ठुलो दल र सत्तापक्षको दम्भ आफुहरुमा नरहेको भन्दै उनले सरकार संग मिलेर काम गर्न प्रतिपक्षी दललाई आग्रह गरे । 

उनले प्रतिपक्षीलाई असल प्रतिपक्षीको जिम्मेवारी निर्वाह गर्न तर्फ सचेत गराए । 

देश र जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुन सक्ने स्पष्ट पारे । 

उनले बंँुदा नम्बर ८७ मा नेपालको संविधानको कार्यान्वयनलाई सबैको साझा दायित्व हो भनिएकाले संघियतालाई नीति तथा कार्यक्रमले आत्मसाथ गरेन भन्न नमिल्ने तर्क गरे ।

 बुँदा नम्बर ५० मा हुलाकी राजमार्ग लगायत अघिल्ला कार्यक्रम संगै नया कार्यक्रमको निर्माण र प्राथमिकता बारे उल्लेख गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप