शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुखको गम्भीर ध्यानाकर्षण

शुक्रबार, ११ जेठ २०७५, ११ : ४१
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं -प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानकर्षण गराएका छन् । 

बैठकमा सांसदहरुको न्युन उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक संचालन हुन हुन नसकेको भन्दै उनले त्यसमा सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिको सम्बोधनलाई लिएर सांसहरुबाट व्यक्त संसदीय मर्यादा भन्दा बाहिरका शब्दहरुमा पनि संसदको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

समय लिएर बोल्दै नेकपा का सांसद सुवासचन्द्र नेम्वाङ्गले छलफलका क्रममा राष्ट्रपतिलाई महारानी बनाउन खोजिएको भन्ने भनाई रेकर्डबाट हटाउन माग गरेका थिए । 

सभामुख महराले सोही शब्दमा संसदको गम्भीर ध्यानाकर्षण भएको बताए । 

राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो ।

छलफलमा सांसदको सहभागिता त झन् लगभग शून्य भयो । संसद्मा हाजिर गरेर भत्ता सुनिश्चित गर्ने सांसद २२२ थिए, तर बैठकमा उपस्थित सांसद ५५ मात्र थिए ।

उपस्थितमध्ये पनि आफ्नो मन्तव्य दिएपछि हिँडे । उनीहरू संसद्को बहसमा होइन, क्यान्टिनको गफमा व्यस्त थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप