केन्द्रीय संस्करण

डलरको मूल्य १ सय १० नजिक

person access_timeजेठ ११, २०७५ chat_bubble_outline0

काठमाडौँ । शुक्रबार डलरको मूल्य झण्डै एक सय १० रुपैयाँ नजिक पुगेको छ । पछिल्लो समय डलर मजबुत बन्दै गएकोले नेपाली रुपैयाँ कमजोर देखिएको छ ।

शुक्रबारको लागि नेपाल  राष्ट्र बैंकले एक अमेरीकी डलरको बिक्रि मूल्य १०९.६६ रुपैयाँ तोकेका छ ।  

राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२७.७५  रुपैयाँ र बिक्रिदर १२८.४६ रुपैयाँ तोकेको छ ।  

अष्ट्रेलियन एक डलरको खरिददर ८२.३९ रुपैयाँ र बिक्रिदर ८२.८४ रुपैयाँ रहेको छ ।

क्यानेडियन एक डलरको  खरिददर ८४.७१ रुपैयाँ र बिक्रिदर ८५.१८ रुपैयाँ रहेको छ ।

एक कतारी रियालको खरिददर २९.९५ रुपैयाँ र बिक्रिदर ३०.१२ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.४० रुपैयाँ र बिक्रिदर २७.५५ रुपैयाँ रहेको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ