शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साडीमाथि सर्ट लगाएर फिल्मको प्रोमोसनमा पुगिन् सोनम, करिनाको यस्तो लुक

शुक्रबार, ११ जेठ २०७५, १० : २८
शुक्रबार, ११ जेठ २०७५

करिना कपूर, सोनम कपूर स्टारर फिल्म वीरे दी वेडिङ जून १ मा रिलिज हुँदै छ । उक्त फिल्मको प्रोमोशनमा फिल्मको पूरा स्टार कास्ट आजकाल व्यस्त छन् । हालै फिल्मको प्रोमोशनका क्रममा सोनम, करिना, स्वरा र शिखा सुन्दर अन्दाजमा देखिए ।

सोनम कपुरले सेतो सर्टसँग निलो रङको साडी लगाएर फिल्मको प्रोमोशनमा पुगेकी थिइन् । उनको यो अचम्मको फेशन उनका प्रसंशकलाई मन पर्यो ।

यता, करिना कपुर प्रोमोशनमा डेनिम स्कर्ट र ज्याकेटमा देखिइन् । तैमुरको जन्मपछि करिनाको यो पहिलो फिल्म हो ।

स्वरा भास्कर वीरे दी वेडिङको ट्रेलरमा पहिलो पटक बोल्ड अन्दाजमा देखिएकी छिन् ।

यस्तै, शिखा तल्सानिया सेतो पहिरनमा प्रोमोशनमा पुगिन् । फिल्मलाई रिया कपूर र एकता कपूरले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप