शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जिपले ठक्कर दियो, तर भाग्यले बाँचे’ : अभिनेत्री पूजा तिवारी

शुक्रबार, ११ जेठ २०७५, १० : ०६
शुक्रबार, ११ जेठ २०७५

‘बेबी आई लभ यु’ चलचित्रकी अभिनेत्री हुन् पूजा तिवारी । उनले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछिन् । जनक पाण्डे निर्देशित प्रेमकथामा आधारित चलचित्रमा उनको अभिनेता सन्तोष खड्गीसँग रोमान्स देख्न सकिन्छ । १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न मिल्ने ‘बेबी आई लभ यु’मा आफूले गरेको अभिनयले दर्शकमा गहिरो छाप छोड्ने उनी बताउँछिन् । चितवन सौराह निवासी उनी दुई वर्ष अगाडि अभिनय रहर बोकेर काठमाडौँ छिरेकी थिइन् । थोरै सङ्घर्षमै उनी चलचित्रकी अभिनेत्री हुन सफल भइन् । यसलाई उनी आफ्नो लक मान्दछिन् । ५ वर्षको डान्स प्रशिक्षकको अनुभवसहित अभिनयमा होमिएकी उनको पहिलो चलचित्र सफल हुन्छ वा हँुदैन त्यो भने प्रदर्शन पछि मात्र भन्न सकिनेछ । तर चलचित्रको रिजल्ट जे भए पनि आफ्नो अभिनय यात्रामा फरक नपर्ने उनी बताउँछिन् । मेनुका प्रधान र राजेश हमालको अभिनय रुचाउने उनको पेन्टिङमा पनि रुचि रहँदै आएको छ । बुबा नेपालको टप सातौं आर्टिस भएकाले सानैदेखि यसमा रुचि रहेको उनी सुनाउँछिन् । धेरैको डेटको अफर आउने गरेको सुनाउने उनी अहिलेसम्म कसैको अफर स्वीकार्न नसकेको बताउँछिन् । उनै पूजासँग रातोपाटीका दस प्रश्न ।

छिट्टै हिरोइन बन्न सफल हुनुभयो नि ?
–हो, त्यसैले त एकदमै खुसी छु । छिट्टै चलचित्र पाउँनु मेरो लक पनि भनौँ न । साथै मिहिनेत पनि छ ।

कसरी अभिनयको लत लाग्यो ?
– मेरो सानैदेखि अभिनयमा इन्टे«स्ट थियो । ठूलो भएपछि स्कुलमा नृत्य र आर्टको टिचरका रूपमा काम गर्दै आइरहेकी थिएँ । करिब ५ वर्ष काम गरेँ होला । टिचर भएर काम गर्दा पनि मेरो कमाइ राम्रो थियो । सबैको माया पाएकै थिएँ तर अभिनयको रुचिले मलाई चित्त बुझेन । मेरो रुचि परिवारले पनि राम्ररी बुझेका थिए । उनीहरूको हौसला र सपोर्टले अभिनयमा डेब्यु गर्न सफल भएँ ।

सौन्दर्यतिर कतिको रुचि छ ?
– सौन्दर्यको त ख्याल गर्नु नै प¥यो । सधैँ मेकअप गरेर हिँड्दिन तर आफ्नो अनुहारका लागि क्रिमदेखि नर्मल मेकअपमा चाहिने विभिन्न सौन्दर्यका साधन त प्रयोग गर्ने गरेको छु । यी सामग्रीमा आयुर्वेदिक बढी प्रयोग गर्छु । त्यो पनि होम मेड ।

फिट्नेस गर्नुहुन्छ ?
– बिहान नियमित जगिङ गर्छु । त्यसपछि नियमित डान्स गर्ने बानी छ । बाहिर कतै जाने काम परेन भने अन्य समय पनि कोठामा गीत बजाएर नाच्ने गरेकी छु । यो नै हो मेरो फिटनेस । 

मनपर्ने पहिरन ?
सारी मलाई एकदमै मनपर्छ । म पनि सारीमा धेरै राम्रो देखिन्छु । अर्काे मनपर्ने, सुहाउने पहिरन कुर्ता सुरुवाल हो । 

केही सपना पूरा गर्नु छ कि ?
– मेरो सपना, चाहना जे भने पनि दर्शकको माया पाउनु रहेको छ । सबैको मन जित्ने र चर्चा हुने खालको अभिनेत्री बन्नु हो, भविष्यमा पूरा होला ।

प्रेम त पक्कै परेको होला ?
–प्रेममा छैन । प्रेम, रिलेसनसिपले काममा डिस्टर्ब गर्छ भन्ने मेरो बुझाइ रहेको छ । यदि अभिनय क्षेत्रमा मैले विश्वास गर्ने खालको कोही भए सोच्थेँ होला ।

पहिलो प्रेम प्रस्ताव ? 
– दुई कक्षामा पढ्दा एउटा केटाले पोस्टकार्डको पछाडि म तिमीसँग विवाह गर्न चाहन्छु भनेर लेखेर दिएका थिए । सो समय म धेरै डराएको थिएँ । त्यो काड सानोसानो टुक्र परेर ट्वाइलेटको प्यानमा हालेँ । यो कुरो आफ्नो बेस्ट फ्रेन्डलाई पनि भनिनँ ।

फुर्सदको समय ?
–इन्टरनेटमा रमाउँछु । अहिलेको जमाना नै इन्टरनेटमा रमाउने हो । आफूले गरेको काम र त्यसको परिणाम इन्टरनेट मार्फत पनि हेर्न सकिन्छ । यसको अलवा आफ्नो क्षमता वृद्धि हुने खालका सामग्री पनि हेर्ने गर्दछु ।

दुर्घटना ?
सानै हुँदा मलाई एउटा जिपले हान्यो । जिपले ठक्कर दिँदा भुईंमा ढले पनि हल्काफुल्का मात्र चोटपटक लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप