साउदीमा अलपत्र १० जना नेपाली युवा फर्काउन मेनपावर सहमत
काठमाडौं – साउदी अरबमा अलपत्र परेका १० जना नेपाली युवाहरुलाई मेनपावरले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ । वैदेशिक रोजगार विभागमा नेपाली साझा मंच साथी अभियानको सहयोगमा पीडितका परिवारले साउदी अरबमा विचल्ली परेका उनीहरुलाई सकुशल नेपाल ल्याईदिन र परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै उजुरी गरेपछि लक्की एचआर मेनपावर प्रालिले सोमबार सहमती गरेको हो ।
वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीका संचालक ऋषि शर्मालाई बोलाई कारवाही अघि बढाएपछि रोजगारदाता कम्पनी र नेपाली राजदुतावाससंग समन्वय गरी पीडित १० जनालाई उद्धार गर्न र नेपाल ल्याउन म्यानपावर कम्पनि सहमत भएको हो । पीडितहरुलाई नेपाल ल्याईसकेपछि क्षतिपूर्ति र राहतका विषयमा पुनः छलफल गरिने सहमति भएको साथी अभियानकी संयोजक शारदा भुषाल झाले बताएकी छिन् ।
साउदीमा पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम रहेका छन् ।
नेपाली साझा मंचले पीडितहरुले उद्धारका लागि अपिल गरेको भिडियो सार्वजनिक गर्दै उनीहरुको उद्धारका लागि साउदी स्थित नेपाली राजदुतावास, राष्ट्रिय मानव अधिकार आयोग र वैदेशिक रोजगार विभागमा अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान