बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोनम कपुर भन्छिन्, ‘हामी सेक्सका लागि विवाह कुर्दैनौं’

शुक्रबार, ११ जेठ २०७५, ०८ : ४१
शुक्रबार, ११ जेठ २०७५

सोनम कपुरले आफू फिल्म ‘वीरे दी वेडिङ’ मा देखाए जस्तै वास्तविक जीवनमा पनि त्यस्तै भएको बताएकी छिन् । सोनमले उक्त कुरा भारतीय फिल्म क्रिटिक अनुपमा चोपडालाई दिएको अन्तर्वार्तामा भनेकी हुन् । उक्त अन्तर्वार्तामा सोनम आफ्ना सह–कलाकार करिना कपुर, स्वरा भास्कर र शिखा तलसानियासँग उपस्थित थिइन् ।

फिल्मको ट्रेलरमा यी चारजना नायिकाले पुरुषले झैं गाली गरेको, रक्सी पिएको र विवाह अघि सेक्सको मजा लिइरहेको देखाइएको छ । जसपश्चात्, उनीहरुलाई महिला सशक्तिकरणलाई कम गरिरहेको भन्ने आरोप लागेको छ । यसबारे प्रश्न सोध्दा उनले फिल्ममा आफ्नो व्यवहार महिला सशक्तिकरणसँग सम्बन्धित नै नभएको बताइन् ।

उनले भनिन्, ‘मलाई लाग्दैन कि पुरुषलाई कहिले यस्ता प्रश्न सोधिन्छन् । जस्तैः चुरोट तान्दा, रक्सी पिउँदा, गाली गर्दा र सेक्सुअल्ली एक्टिभ हुँदा उनलाई पुरुषत्व कम भएको छ भनी प्रश्न सोधिन्छ ?’

उनले भनिन्, ‘हामी सेक्सका लागि विवाहको प्रतिक्षा गर्दैनौं’

अन्तर्वार्ताका लागि स्वराले प्रश्न गरिन्, ‘‘वीरे दी वेडिङ’ महिलावादी फिल्म हो भनेर कसले भन्यो ? फिल्ममा शहरका चार महिलाले ती व्यवहार गरेको देखाइएको छ जुन आजकालका धेरैजसो महिलाले गर्ने गर्दछन् । आजकाल महिलाहरु रक्सी पिउँछन्, गाली गर्छन्....’ उनले आफ्नो वाक्य टुङ्ग्याउन नपाउँदै सोनम थप्छिन्, ‘हामी सेक्सुअल्ली एक्टिभ पनि छौं र यसका लागि विवाहको प्रतिक्षा गर्दैनौं ।’

स्वराले सोनमको कुरासँग जोड्दै भनिन्, ‘यदि हामीले हाम्रै कथावस्तु फिल्ममा देखाएका छौं भने यसमा बबाल किन ? जब हामीले पुरुष क्यारेक्टरलाई वास्तविकताको अत्यधिक नजिक जान दिन्छौं भने महिलालाई किन रोक्छौं ?’

सोनमले थपिन्, ‘जतिबेला ‘प्यार का पंचनामा’ फिल्ममा पुरुषहरुले महिलाको क्यारेक्टरबारे लामो लेक्चर दिए त्यतिबेला त कसैलाई पनि समस्या हुँदैन ।’

जून १ मा रिलिज हुनेछ फिल्मः

शशांक घोषको निर्देशनमा बनेको फिल्म ‘वीरे दी वेडिङ’ जून १ मा रिलिज भइरहेको छ । यसलाई एकता कपुर र निखिल द्वीवेदीसँग मिलेर सोनम कपुरकी बहिनी रिया कपुरले निर्माण गरेकी हुन् । फिल्ममा करिना, सोनम, स्वरा र शिखाका साथै सुमित व्यास, विवेक मुश्रानर मनोज पहवाको पनि महत्वपूणै भूमिका छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप