शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा तीन नेपालीको मृत्यु

शुक्रबार, ११ जेठ २०७५, ०७ : ००
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं - दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । 

यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो ।  थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो ।

मगलबारै सोलुखुम्बु मुक्लीका नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप